संसद्‌मा बोल्न ‘च्याटजीपीटी’ को सहारा नलिन रास्वपा सचेतक धितालको निर्देशन

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरूलाई च्याटजीपीटीको भरमा मात्रै नबोल्न निर्देशन दिएको छ
www.dcnepal.com · 1 हप्ता अघि

प्रतिनिधि सभा बैठकमा बोल्ने विषयवस्तु (कन्टेन्ट) तयार पार्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात् ‘च्याटजीपीटी’ को प्रयोग बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूलाई सचेत गराएको छ। संसद्‌मा प्रभावकारी र तथ्यपरक विषय उठान गर्नुको साटो प्रविधिको अत्यधिक भर पर्न थालेको भन्दै पार्टीले आइन्दा त्यसो नगर्न निर्देशन दिएको हो। रास्वपा संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालले सांसदहरूलाई संसद्‌मा बोल्ने विषयवस्तु आफैँ अध्ययन गरेर तयार पार्न र च्याटजीपीटीको सहारा नलिन सचेत गराएकी हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू