अफगानिस्तानमा घर भत्किदा तीन जनाको मृत्यु, एक घाइते
▸ यस स्टोरीको अंश: अफगानिस्तानमा आँधी र बाढीले कम्तीमा १३ जनाको मृत्यु, घर भत्किँदा तीन जनाको ज्यान गयो
पूर्वी अफगानिस्तानको नंगरहार प्रान्तमा सोमबार आएको शक्तिशाली आँधीका कारण एउटा घर भत्किदा एक जना महिला र एक जना बच्चासहित तीन जनाको मृत्यु भएको र अर्को एक जना गम्भीर घाइते भएको प्रान्तीय सरकारले मंगलबार जनाएको छ । अचिन जिल्लाको अब्दुलखैल क्षेत्रमा उक्त दुर्घटना भएको जनाइएको छ । सुरक्षाकर्मी र स्थानीय बासिन्दाहरूले भत्केर क्षति ग्रस्त घरको भग्नावशेष बाट पीडितको शव बरामद गरेका विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›