हावाहुरीका कारण रौतहटमा घर भत्किँदा एक महिलाको मृत्यु, विद्युत् सेवा अवरुद्ध
▸ यस स्टोरीको अंश: बाराको निजगढमा हुरीले रुखको हाँगा ट्याक्टरमा खस्दा एकको मृत्यु, एक घाइते
रौतहटमा हावाहुरीका कारण घर भत्किँदा एक महिलाको मृत्यु भएको छ भने विद्युत् सेवा समेत अवरुद्ध भएको छ । सोमबार बेलुका साढे ७ बजेको समयमा आएको हावाहुरीका कारण रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर ७ धमौरा गढी टोलमा स्थानीय बच्चेलाल रायको एक तले कच्ची घर भत्किएको हो । टायलको छानो र बाँसको बार भएको उक्त घर भत्किँदा रायकी अन्दाजी ३५ वर्षीया श्रीमती फुल कुमारी देवी भग्नावशेषमा च्यापिएर गम्भीर घाइते भएकी थिइन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›