पत्रकार किशोर श्रेष्ठमाथि निगरानी र धरपकड प्रयास भएको विषयमा पत्रकार महासंघको आपत्ति

यस स्टोरीको अंश: नेकपाले पत्रकार किशोर श्रेष्ठलाई राज्य शक्तिको दुरुपयोग गरी आतंकित पार्ने काम रोक्न माग गर्‍यो
prasashan.com · 2 दिन अघि

नेपाल पत्रकार महासंघले वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठमाथि निगरानी, धरपकड प्रयास तथा धम्कीका गतिविधि भएको भन्दै आपत्ति जनाएको छ । महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार समाचारसँग सम्बन्धित विषयलाई लिएर पत्रकार श्रेष्ठमाथि प्रहरीमार्फत निगरानी गर्दै धरपकड प्रयास गरिएको तथा विभिन्न व्यक्तिमार्फत धम्की दिइएको विषयप्रति महासंघको ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा केही दिनयता जनआस्था साप्ताहिक र जनआस्था डटकममा मन्त्री तथा सत्तारुढ दलका नेतासम्बन्धी आलोचनात्मक समाचार प्रकाशित भएपछि प्रधान सम्पादक श्रेष्ठमाथि उक्त व्यवहार भएको काठमाडौँ शाखाबाट जानकारी प्राप्त भएको उल्लेख गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू