महावीरको माग– कच्चापदार्थ आयातमा सहुलियत दिइयोस्
▸ यस स्टोरीको अंश: महावीर पुनले अनुसन्धान र नवप्रवर्तनका लागि पुँजीगत खर्चको १ प्रतिशत बजेट माग गरे
प्रतिनिधिसभा सदस्य महावीर पुनले मुलुकको औद्योगिक विकास र आर्थिक समृद्धिका निम्ति अनुसन्धान तथा नवप्रवर्तनलाई प्राथमिकतामा राख्न सरकारसँग माग गरेका छन् । सोमबार (जेठ ४) प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा उनले राज्यले विलासी वस्तु र तयारी सामानभन्दा कच्चापदार्थ आयातमा सहुलियत दिनुपर्नेमा जोड दिए । सांसद पुनले नेपालको वर्तमान कर नीति उद्योगमैत्री नभएको टिप्पणी गरे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित