झिनो अंकले बढ्यो नेप्से‚ कारोबार रकम ६ अर्ब नाघ्यो
साताको तेस्रो कारोबार दिन आज (बुधबार) नेप्से एकल अंकले बढेको छ। नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार ४.९९ अंकले बढेको छ। मंगलबार ९.२४ अंकले घटेको नेप्से सोमबार भने २८.८५ अंकले बढेको थियो। अघिल्लो कारोबार दिनको तुलनामा आज ०.१७ प्रतिशतले बढेको नेप्से २७८२.१० विन्दुमा रोकिएको छ। आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि १.२१ अंकले बढेर ४७५.५१ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.२५ प्रतिशतले बढी हो। यस्तै फ्लोट इन्डेक्स ०.२२ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२६ प्रतिशतले बढेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›