गर्मी बढेपछि विद्यालय बन्द

यस स्टोरीको अंश: अत्यधिक गर्मीले कञ्चनपुरका विद्यालयमा पठनपाठन प्रभावित, स्थानीय सरकारले बिदा दिने निर्णय
nepalnews.com · 4 दिन अघि

अत्यधिक गर्मी बढेपछि कञ्चनपुरमा स्थानीय पालिकाले विद्यालयको पठनपाठन बन्द गर्न थालेका छन् । शुक्लाफाँटा नगरपालिकाले जेठ १२ र १३ गते दुई दिन नगरक्षेत्रका सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । कृष्णपुर नगरपालिकाले पनि आजदेखि तीन दिनसम्मका लागि बिदा दिएको छ भने भीमदत्त नगरपालिकाले पनि आजदेखि तीन दिनसम्मका लागि विद्यालय बन्द गरेको छ । केही दिनयताको गर्मीका कारण कञ्चनपुरको जनजीवन प्रभावित बनेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू