हुरीले घर भत्किँदा महिलाको मृत्यु
▸ यस स्टोरीको अंश: रौतहटमा हुरीले घर भत्किँदा फूलकुमारी देवीको मृत्यु
रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा एक महिलाको ज्यान गएको छ। रौतहटको वृन्दावन नगरपालिका– ७ धमौराटोलका ३५ वर्षीया फूलकुमारी देवीको हुरीले भत्केको घरले थिचिँदा मृत्यु भएको हो। फूलकुमारीको उपचारको क्रममा राति रौतहटको गरुडास्थित बेटर नेपाल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी रोहितकुमार शर्मा बढईले जानकारी दिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›