स्थानीय तहलाई उच्च प्राथमिकतामा राखेर शिक्षा बजेट निर्माण हुँदैछ : शिक्षा सचिव पौडेल
▸ यस स्टोरीको अंश: शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका कार्यवाहक उपकुलपतिसँग अन्तरक्रिया, उपकुलपति नियुक्ति प्रक्रिया अघि बढ्यो
शिक्षा सचिव चुडामणि पौडेलले आगामी आर्थिक वर्षको बजेट तर्जुमाका क्रममा प्रदेश तथा विशेषगरी स्थानीय तहलाई उच्च प्राथमिकतामा राखेर बजेट निर्माण भइरहेको बताउनुभएको छ । उहाँका अनुसार कुल बजेटको करिब ७० प्रतिशत हिस्सा वित्तीय हस्तान्तरणमार्फत सिधै स्थानीय तहमा जाने व्यवस्था गरिँदैछ । आगामी बजेटमा विद्यालय क्षेत्र सुधार कार्यक्रमलाई विशेष प्राथमिकतामा राखिएको र उक्त कार्यक्रम १० वर्षे दीर्घकालीन योजनाका रूपमा अघि बढाइएको उहाँले उल्लेख गर्नुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित