भारतको तेलंगानामा लु लागेर १६ जनाको मृत्यु
▸ यस स्टोरीको अंश: ट्रम्पको दाबी: इरानसँग शान्ति सम्झौता लगभग टुङ्गियो, हर्मुज जलसन्धि खुला गरिने
भारतको तेलंगाना राज्यमा अत्यधिक गर्मी र लु (तातो हावाको लहर) का कारण १६ जनाको मृत्यु भएको छ । राज्यका राजस्व मन्त्री पोंगुलेटी श्रीनिवास रेड्डीले शनिबार उक्त जानकारी दिएका हुन् । सरकारले प्रत्येक मृतकका परिवारलाई राहत उपलब्ध गराउने घोषणासमेत गरेको छ । जयशंकर भूपालपल्ली जिल्लामा ४ जनाको मृत्यु भएको छ भने वारंगल अर्बन, करिमनगर र निजामाबाद जिल्लामा ३/३ जनाको मृत्यु भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित