मगर संघको अध्यक्षमा रक्षाबहादुर रैका निर्वाचित
▸ यस स्टोरीको अंश: कैलालीमा अत्यधिक गर्मीले विद्यार्थी बेहोस, पठनपाठन प्रभावित
नेपाल मगर सङ्घको केन्द्रीय अध्यक्षमा रक्षबहादुर रैका मगर निर्वाचित हुनुभएको छ । काठमाडौँमा सोमबार साँझ सम्पन्न मगर सङ्घ केन्द्रीय कार्यसमितिको १३औँ राष्ट्रिय महाधिवेशनमा भएको निर्वाचनमा उहाँ १९६ मतसहित अध्यक्षमा निर्वाचित हुनुभएको हो । महाधिवेशनमा सहभागी ५९८ प्रतिनिधिमध्ये निर्वाचनमा ५७५ जना सहभागी भएका थिए । अध्यक्षका प्रत्यासी तथा निकटतम प्रतिस्पर्धी धनबहादुर पुन मगरले १३३ मत प्राप्त गर्नुभएको निर्वाचन मण्डलले जानकारी दिनुभएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›