हेटौंडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद हो, यसलाई सरकारले चलाउँछः उद्योगमन्त्री
▸ यस स्टोरीको अंश: मन्त्री यादव भन्छिन्– हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद्, सरकार चलाउँछ
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक सङ्कटसँग जुध्दै आएको हेटौँडा सिमेन्ट उद्योगको निरीक्षण गरेकी छन्। मन्त्री यादवले उद्योगको अवस्था बुझ्न व्यवस्थापन र कर्मचारीहरूसँग छलफलसमेत गरेकी छन्। सरकारको स्वामित्वमा रहेको सिमेन्ट उद्योग बन्द हुनु दुःखद भएको बताउँदै उनले सरकार बन्द रहेका सबै उद्योग सञ्चालन गर्ने तयारीमा रहेको र हेटौँडा सिमेन्ट उद्योगको समस्यालाई गम्भीरतापूर्वक लिएर छिट्टै सञ्चालनको वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरिन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›