बागमती प्रदेशमा तीनदिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
▸ यस स्टोरीको अंश: बागमती प्रदेशमा गणतन्त्र दिवस जेठ १३ देखि १५ सम्म मनाइने
बागमती प्रदेश सरकारले तीनदिन विभिन्न कार्यक्रम गरी ‘गणतन्त्र दिवस २०८३’ मनाउने भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले यही जेठ १३ गतेदेखि १५ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी ‘गणतन्त्र दिवस २०८३’ मनाउने निर्णय गरेको छ । गणतन्त्र दिवसको अवसरमा ‘गणतन्त्र स्थापनाको १८ वर्षः कार्यान्वयन र चुनौती’ विषयक विद्यालयस्तरीय निवन्ध प्रतियोगिता, सार्वजनिक रक्तदान, निःशुल्क स्वास्थ्य शिविर र वृक्षरोपण कार्यक्रम आयोजना गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›