बागमती प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्यो
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा मार्फत प्रदेशसभामा प्रस्तुत गरेको छ। सरकारले पूर्वाधार विकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, वातावरण संरक्षण तथा सुशासनलाई प्राथमिकतामा राखेको जनाएको छ।
13 समाचार
·
1 दिन अघि
बागमती प्रदेशको नीति तथा कार्यक्रममा विपक्षीको असन्तुष्टि, संविधान संशोधनको माग
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पूर्वाधार, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी, वातावरण र सुशासनलाई प्राथमिकता दिएको छ । यद्यपि, विपक्षी दलहरूले यसमा नयाँपन नभएको भन्दै असन्तुष्टि जनाएका छन् । यसैबीच, उद्योगी तथा व्यवसायीहरूले नेपालको संविधानमा उल्लेख भएको ‘समाजवादउन्मुख अर्थ व्यवस्था’लाई संशोधन गरी ‘प्रतिस्पर्धात्मक, खुला र नवप्रवर्तनमुखी बजार अर्थतन्त्र’ लेखिनुपर्ने माग गरेका छन् ।
3 समाचार
·
1 दिन अघि
बागमती प्रदेशमा गणतन्त्र दिवस जेठ १३ देखि १५ सम्म मनाइने
बागमती प्रदेश सरकारले जेठ १३ देखि १५ गतेसम्म विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस २०८३ मनाउने निर्णय गरेको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले यसका लागि प्रदेशस्तरीय मूल समारोह समिति गठन गरेको छ। यस अवसरमा विद्यालयस्तरीय निबन्ध प्रतियोगिता, रक्तदान, स्वास्थ्य शिविर, वृक्षरोपण र पत्रकार पुरस्कृत गरिनेछन्।
14 समाचार
·
2 दिन अघि
बागमती प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गते आह्वान
बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गते दिउँसो १ बजेका लागि आह्वान गरेका छन्। संविधानको धारा १८३ को उपदफा (१) बमोजिम आह्वान गरिएको उक्त अधिवेशन आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहनेछ।
36 समाचार
·
3 दिन अघि
बागमती प्रदेशमा विपद् राहत वितरणको अनुगमनमा महालेखाको प्रश्न
महालेखापरीक्षकको प्रतिवेदनले बागमती प्रदेश सरकारले विपद्बाट क्षति पुगेका कृषकलाई वितरण गरेको राहतको प्रभावकारी अनुगमन र पारदर्शिता नभएको औँल्याएको छ। राहत वितरणपछि कृषकले क्षति पुनःस्थापना, व्यवसायिक निरन्तरता वा कृषि बीमाबाट दोहोरो सुविधा लिएको वा नलिएको विषयमा मन्त्रालयले अनुगमन नगरेको प्रतिवेदनमा उल्लेख छ।
3 समाचार
·
3 दिन अघि
काभ्रेका महाभारत र खानीखोला गाउँपालिकामा कफीखेती प्रोत्साहन: प्रतिबोट २० रुपैयाँ अनुदान
काभ्रेपलाञ्चोकको महाभारत र खानीखोला गाउँपालिकालाई कफी हबका रूपमा विकास गर्ने उद्देश्यले किसानलाई कफीखेतीमा आकर्षित गर्न 'जसले रोप्छ कफीको बोट, उसले पाउँछ २० रुपैयाँको नोट' कार्यक्रम सञ्चालन गरिएको छ। यस कार्यक्रमअन्तर्गत कफीको बिरुवा रोप्ने किसानलाई प्रतिबोट २० रुपैयाँ अनुदान दिइनेछ। यसका साथै, प्रतिकिलो बिक्रीमा गाउँपालिकाले ३५ रुपैयाँसम्म अनुदान दिने व्यवस्था छ।
8 समाचार
·
6 दिन अघि