वडा सचिवलाई धम्क्याउने व्यक्तिमाथि अनुसन्धान गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी वडा सचिवलाई धम्की दिने युवक पक्राउ
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई फोनमार्फत धम्की दिने व्यक्तिमाथि अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन सुरक्षा तथा अनुसन्धान निकायलाई निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गर्दै वडा सचिवलाई अश्लील भाषा प्रयोग गरी धम्क्याउने प्रकाश खड्कामाथि आवश्यक अनुसन्धान तथा कारबाही गर्न निर्देशन दिइएको जानकारी दिएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित