प्रधानमन्त्रीको नाम लिएर वडासचिव धम्क्याउने खड्का पक्राउ

यस स्टोरीको अंश: प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी वडा सचिवलाई धम्की दिने युवक पक्राउ
www.reportersnepal.com · 1 हप्ता अघि

प्रधानमन्त्री कार्यालयबाट हुँ भन्दै दैलेखका एक वडासचिवलाई धाकधम्की दिने प्रकाश खड्का पक्राउ परेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक घर भई हाल काठमाडौंको शंखमुल बसिरहेका २२ वर्षीय खड्का काठमाडौंबाट पक्राउ परेका हुन् । खड्कालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए । खड्काले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हुँ भन्दै दैलेखको दुल्लु नगरपालिका–१३ का वडासचिव कमल भण्डारीलाई टेलिफोन गरेर निकै अशिष्ट र अमर्यादित भाषामा धम्क्याएको अडिओ सामाजिक सञ्जालमा छाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू