तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
▸ यस स्टोरीको अंश: देशभर मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना
नेपालमा अहिले स्थानीय र पश्चिमी वायुको संयुक्त प्रभाव देखिएको छ। यस मौसमी प्रणालीका कारण कोशी, बागमती र गण्डकी प्रदेशका कतिपय क्षेत्रमा मेघगर्जन र चट्याङ पर्नुका साथै हल्कादेखि मध्यम स्तरको वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य रूपमा आकाश बादलले ढाकिनेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›