संसद्लाई गफ गर्ने अखडा बनाउन हुँदैन - सांसद दुलाल
▸ यस स्टोरीको अंश: सांसद दुलालको जोड: संसदलाई गफ गर्ने अखडा नबनाई सरकारलाई जवाफदेही बनाउनुपर्छ
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले संसद्लाई ‘गफ गर्ने अखडा’ नभई जनताका समस्याको समाधान खोज्ने जिम्मेवार थलोका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री तथा मन्त्रीहरूलाई संसदप्रति उत्तरदायी बनाउने व्यवस्था नियमावलीमा सुनिश्चित गरिनुपर्ने र संसदीय अभ्यासलाई वर्तमान समयअनुसार परिवर्तन गर्दै संसद्लाई चुस्त, व्यवस्थित र जनताप्रति जवाफदेही बनाउनुपर्ने धारणा व्यक्त गरे।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित