राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षकको प्रतिवेदन पेस
▸ यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा बढ्दो बेरुजुप्रति चिन्ता व्यक्त, वित्तीय अनुशासन कायम गर्न निर्देशन
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेका छन् । प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले मुलुकमा बढ्दै गएको बेरुजुप्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक निकायहरूले जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नु राज्यको प्राथमिक दायित्व भएकोमा जोड दिए । फजुल खर्चलाई निरुत्साहित गर्दै आर्थिक अनुशासन कायम गर्न सके मात्र मुलुकले दिगो शान्ति, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न सक्ने विश्वास उनले व्यक्त गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›