‘ट्रयाक’ खुलेको अट्ठाइस वर्षपछि सडक कालोपत्र
▸ यस स्टोरीको अंश: २८ वर्षपछि काठेखोला गाउँपालिकाको तङ्ग्राम सडक कालोपत्र
बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्राम गाउँ जोड्ने सडकको ‘ट्रयाक’ खुलेको २८ वर्षपछि कालोपत्र गर्न थालिएको छ । गण्डकी प्रदेश सरकारको रु दुई करोड ८९ लाख ८४ हजार लागतमा छ किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्र गर्न लागिएको हो । हाल सडक चौडा पार्ने, पर्खाल लगाउने र नाली निर्माणको काम भइरहेको छ । यस वर्ष करिब दुई किलोमिटर सडक कालोपत्र हुने इन्जिनियर अनिल बर्देवाले जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›