भारतमा ‘लू’का कारण १६ जनाको मृत्यु, स्वास्थ्य सतर्कता जारी

यस स्टोरीको अंश: भारतमा तापलहर (लु) बाट कम्तीमा १६ जनाको मृत्यु, स्वास्थ्य सतर्कता जारी
baahrakhari.com · 3 दिन अघि

दक्षिणी भारतमा तापलहर ‘लू’का कारण कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार जनाएका छन् । देशका विभिन्न भागमा फैलिएको तीव्र ‘लू’पछि स्वास्थ्य सतर्कता जारी गरिएको छ । भारतमा गर्मी असामान्य कुरा नभए पनि वैज्ञानिक अध्ययनहरूले जलवायु परिवर्तनका कारण ‘लू’हरू पहिलेभन्दा लामो, बढी आवृत्तियुक्त र बढी तीव्र हुँदै गएको देखाएको छ । एक अर्ब ४० करोड जनसंख्या भएको यस दक्षिण एसियाली राष्ट्रका विभिन्न सहरमा हालै तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेसँगै जनजीवन प्रभावित बनाएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू