स्याङ्जाका पालिकामा बेरुजु घट्यो, अझै १३ करोडभन्दा बढी हिसाब मिलेन
▸ यस स्टोरीको अंश: प्रदेशहरूमा बेरुजु रकम बढ्दो, महालेखापरीक्षकको कार्यालयको प्रतिवेदन सार्वजनिक
स्याङ्जाका स्थानीय तहमा बेरुजुको आकार अघिल्लो वर्षको तुलनामा घटेको देखिए पनि अझै १३ करोड रुपैयाँभन्दा बढी रकम हिसाब मिल्न बाँकी रहेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले जिल्लाका ११ स्थानीय तहमा १३ करोड ८१ लाख १९ हजार रुपैयाँ बेरुजु देखाएको हो । प्रतिवेदनअनुसार जिल्लाका पालिकाहरूको १७ अर्ब ३३ करोड ५२ लाख ६ हजार रुपैयाँ बराबरको लेखापरीक्षण गर्दा ०.८ प्रतिशत रकम बेरुजु देखिएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित