सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठद्वारा आफ्नो नाममा भइरहेको रकम संकलन रोक्न आग्रह
▸ यस स्टोरीको अंश: न्यायाधीश तिलप्रसाद श्रेष्ठले उपचारका लागि आर्थिक संकलन रोक्न आग्रह गरे
सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले आफ्नो उपचारका नाममा भइरहेको आर्थिक संकलनको कार्य तत्काल स्थगित गरिदिन अनुरोध गरेका छन्। बोनम्यारो सम्बन्धी समस्याका कारण हाल भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च अस्पतालमा उपचार गराइरहेका न्यायाधीश श्रेष्ठले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन्। उनले आफ्ना शुभेच्छुक एवं शुभचिन्तकहरूले उपचारको सन्दर्भमा स्वतःस्फूर्त रूपमा सहयोग जुटाउने हेतुले रकम संकलन गर्न थालेको खबर पाएको विज्ञप्तिमा उल्लेख छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›