निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार तयार : मन्त्री लम्साल
▸ यस स्टोरीको अंश: पूर्वाधार विकासमन्त्री लम्सालद्वारा नागढुङ्गा–मुग्लिङ सडक खण्डको अनुगमन
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीले उठाएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन्। प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको आज बसेको बैठकमा मन्त्री लम्सालले निर्माण क्षेत्र अहिले आर्थिक दबाब, मूल्यवृद्धि र भुक्तानी समस्याबाट प्रभावित भएको स्वीकार गर्दै व्यवसायीलाई ढुक्क भएर काममा लाग्न आग्रह गरे। बैठकमा निर्माण व्यवसायीहरूले सम्पन्न कामको भुक्तानी नपाएको, अत्यधिक मूल्यवृद्धिका कारण लागत बढेको तथा म्याद थपमा जटिलता रहेको गुनासो गरेका थिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित