पश्चिम एसियाको युद्धका कारण पूर्वाधार निर्माणमा संकट
▸ यस स्टोरीको अंश: पूर्वाधार विकास समितिद्वारा निर्माण व्यवसायीका समस्या समाधान गर्न सरकारलाई निर्देशन
प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले पश्चिम एसियामा जारी युद्धका कारण मुलुकको सार्वजनिक पूर्वाधार निर्माण क्षेत्रमा परेको गम्भीर प्रभावबारे सम्बन्धित मन्त्रालयहरूसँग विशेष छलफल गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले संकटको यो घडीमा निर्माण व्यवसायीहरूलाई सरकारप्रति भरोसा राख्न आग्रह गर्दै मूल्य वृद्धिबाट सिर्जित समस्याको प्याकेजमै समाधान खोज्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पनि यतिबेला राष्ट्र र सरकार दुवैले एकैसाथ ठुलो चुनौतीको सामना गरिरहेको धारणा राखे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›