पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

यस स्टोरीको अंश: कांग्रेस प्रमुख सचेतक वासना थापाले दैलेख पेट्रोलियम उत्खनन परियोजना अगाडि बढाउन माग गरिन्
newspolar.com · 1 हप्ता अघि

नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले दैलेखमा भइरहेको पेट्रोलियम उत्खनन परियोजना सरकारले छिटो अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ । रफत सञ्चार क्लबद्वारा आज यहाँ आयोजित अन्तरसंवादमा उहाँले सुर्खेत–दैलेख सडकमार्गको स्तरोन्नति हुन नसक्दा पेट्रोलियम उत्खनन प्रभावित भएको बताउनुभयो । देशकै आर्थिक अवस्था कायापलट गर्न सक्ने तथा ५० वर्षभन्दा बढी समय नेपाली उपभोक्तालाई उपयोगी हुने सम्भावना बोकेको यो महत्वाकाङ्क्षी परियोजनालाई सरकारले तीव्रगतिमा अघि बढाउन उहाँले आग्रह गर्नुभयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू