गण्डकी प्रदेशमा पनि मनाइयो ‘गणतन्त्र दिवस’
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवसमा प्रदर्शन र विद्यार्थी नेताको भनाइ: व्यवस्था परिवर्तन कि उपहार?
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले गणतन्त्र दिवसले सबै नेपालीहरूलाई संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्न सकोस् भनी शुभकामना व्यक्त गरेका छन् । १९ औँ गणतन्त्र दिवसका अवसरमा गण्डकी प्रदेश सरकारले आयोजना गरेको गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन गर्दै भट्टले जनताको संघर्षको माध्यमबाट जनताले विजय हाँसिल गरेको यो विशेष दिनमा जनआन्दोलन २०६२/६३ एवम् विभिन्न संघर्षहरुमा गौरवमय परिवर्तनका लागि प्राण उत्सर्ग गर्ने सम्पूर्ण महान् सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण पनि गरे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित