लुम्बिनी प्रदेशमा पनि मनाइयो गणतन्त्र दिवस,निजामती कर्मचारीहरु सम्मानित

यस स्टोरीको अंश: मुख्यमन्त्रीहरू गणतन्त्रको रक्षाका लागि एकजुट हुन आह्वान गर्छन्
www.reportersnepal.com · 1 दिन अघि

लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा पनि १९औँ गणतन्त्र दिवस मनाइएको छ । लुम्बिनी प्रदेशको आयोजनामा भएको कार्यक्रममा सरसफाइ, दीप प्रज्वलन र कर्मचारीलाई सम्मान गरिएको छ । प्रदेश सरकारले आयोजना गरेको गणतन्त्र दिवस मूल समारोहलाई राप्ती उपत्यका (देउखुरी) स्थित प्रदेश प्रशासनिक परिसरमा सम्बोधन गर्दै लुम्बिनी प्रदेशका चेतनारायण आचार्यले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि गणतन्त्रवादी शक्तिहरू पुनः एकजुट हुनुपर्ने बताए । मुख्यमन्त्री आचार्यले लामो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिमाथि धावा बोल्ने प्रयास भइरहेको भन्दै उपलब्धिको रक्षाका लागि सचेत नागरिक एक ठाउँमा उभिनुपर्नेमा जोड दिए । उनले लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्न तथा संसदीय मूल्य–मान्यतामाथि प्रहार गर्ने दुस्साहस भइरहेको टिप्पणी गर्दै जनताको आवाजमाथि खेलवाड गर्ने शक्तिहरू सक्रिय रहेको दाबी गरे । कार्यक्रममा लुम्बिनी प्रदेश सरकारले प्रदेश निजामती सेवा पुरस्कार वितरण गरेको छ । उत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कारबाट विभिन्न मन्त्रालयका कर्मचारीहरुसम्मानित भएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू