बजेट– विगत र वर्तमानः सुवर्णले ५ करोड २५ लाखको पहिलो बजेट ल्याएका थिए
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गरे
सरकारले आज आर्थिक वर्ष २०८३/८४ का लागि बजेट प्रश्तुत गर्दैछ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले दिउँसो ४ बजे संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट प्रश्तुत गर्दै हुनुहुन्छ । झन्डै दुई तिहाइको सरकारले आज बजेट ल्याउँदै गर्दा नेपालमा औपचारिक रूपमा बजेट सार्वजनिक भने २००८ सालदेखि हुन थालेको हो । मातृकाप्रसाद कोईराला नेतृत्वको सरकारका अर्थमन्त्री सुवर्ण शमशेरले २००८ सालमा सार्वजनिक गरेको नेपालको पहिलो औपचारिक बजेट हो । सुवर्णले संसद समक्ष ५ करोड २५ लाख २९ हजार रुपैयाँको बजेट प्रश्तुत गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित