रुपन्देही उद्योग संघद्वारा बुटवलमा १६ दिने ए.आई तालिम सुरु
▸ यस स्टोरीको अंश: अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घले नेपाललाई डिजिटल रूपान्तरणमा सहयोग गर्ने
रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजना तथा सक्षम नेम एजुकेसन प्रा.लिको समन्वयमा रूपन्देही आसपासका क्षेत्रमा सूचना प्रविधि क्षेत्रमा आबद्ध विभिन्न उद्योगमा कार्यरत पेशाकर्मीहरूको सीप अभिवृद्धिका लागि १६ दिने निःशुल्क व्यवसायका लागि ए.आईतालिम बुटवलमा आजबाट औपचारिक रूपमा शुभारम्भ गरिएको छ । रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीको अध्यक्षता रहेको उद्घाटन समारोहमा बोल्दै उनले वर्तमान समयको व्यवसायिक प्रतिस्पर्धामा एआईको प्रयोग अपरिहार्य बन्दै गएको, यसले उद्योग तथा व्यवसायीलाई प्रविधिमैत्री आधुनिक र प्रतिस्पर्धी बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै प्रशिक्षार्थीहरूले सिकेका सीपलाई व्यवहारमा उतारेर आफ्नो पेशागत दक्षता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›