कृषि क्षेत्रको विकासका लागि योजनाबद्ध नीति आवश्यक : राष्ट्रपति पौडेल
▸ यस स्टोरीको अंश: राष्ट्रपति पौडेलले कृषि क्षेत्रको विकासका लागि योजनाबद्ध नीति र सहुलियत कर्जाको आवश्यकतामा जोड दिए
राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको दीर्घकालीन विकासका लागि राज्यले योजनाबद्ध रूपमा नीति तथा कार्यक्रमहरू ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन् । उनले कृषि क्षेत्रमा लगानीको सुनिश्चितता, सस्तो ब्याजदरमा कृषि कर्जा, कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि बीमालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । उत्पादन र रोजगारी वृद्धि गरी आयात घटाउने र निर्यात बढाउने दिशामा सरकार, नीति निर्माता र सरोकारवाला निकायले विशेष कार्यक्रम ल्याउन आवश्यक रहेको बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित