पोथी फकाउन गुँड बुन्ने तोप चरा (तस्बिरहरू)

www.makalukhabar.com · 1 घण्टा अघि

तोप चरा भँगेरा वर्गमा पर्ने आकर्षक चरा हो जसलाई धादिङतिर ‘तोलायुँ’, कतै ‘सुजेरो’ र ‘बकेचो’ तथा पूर्वी तराईमा ‘चोंची’ नामले पनि चिनिन्छ। समूहमा बस्न रुचाउने यो चराले अग्ला रूख, बाँस वा पानी नजिकका स्थानमा झुन्डिएका कलात्मक गुँड बनाउँछ। शाकाहारी स्वभावको तोप चराको मुख्य आहार धान तथा साना गेडागुडी हुन्। प्रजननको समयमा भालेले पोथीलाई आकर्षित गर्न निकै मेहनत गरेर सुन्दर गुँड तयार पार्छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू