चक्कु प्रहार गरी २५ वर्षीय युवाको हत्या
▸ यस स्टोरीको अंश: थानकोटमा घरायसी विवादमा भिनाजुले चक्कु प्रहार गर्दा सालोको मृत्यु, भिनाजु पक्राउ
महोत्तरी घर भएका अन्दाजी ३८ वर्षीय समी अहमदले घरायसी विवादका क्रममा आफ्नै सालो नाता पर्ने महोत्तरीकै अन्दाजी २५ वर्षीय जाकिर मन्सुरीमाथि तरकारी काट्ने चक्कु प्रहार गरी हत्या गरेका हुन् । चक्कु प्रहारबाट गम्भीर घाइते भएका मन्सुरीलाई उपचारका लागि सतुङ्गलस्थित मेडपोइन्ट अस्पताल लगिएको थियो । उपचारकै क्रममा गएराति चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिए । चक्कु प्रहार गर्ने अहमदलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›