यातायातमा सेवाग्राहीलाई हैरानी दिने तीन बिचौली पक्राउ
▸ यस स्टोरीको अंश: सप्तरीमा १४१ किलो गाँजासहित दुई जना पक्राउ, सिरहामा २७६ किलो गाँजा फेला
जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालय परिसरमा सेवाग्राहीलाई झन्झट तथा हैरानी दिने तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले यातायात व्यवस्था कार्यालय परिसरमा सेवाग्राहीलाई झन्झट तथा हैरानी दिन कार्यमा संलग्न रहेको आरोपमा शुक्रबार तीन जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार शुक्रबार साँझ करिब ४ बजे यातायात व्यवस्था कार्यालय मुजैलियामा सेवाग्राहीलाई अनावश्यक दुःख दिने तथा बिचौलीको काम भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोली खटाइएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›