लागूऔषध सहित तीन जना पक्राउ

यस स्टोरीको अंश: कानुन व्यवसायीको सेवा शुल्क नियमन गर्न सांसद लामाको माग, यौनजन्य हिंसा पीडितलाई छिटो न्याय दिने सरकारको तयारी
www.onlinepana.com · 3 दिन अघि

सुनसरीको धरान उपमहानगरपालिका-२ भानु चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २८ ट्याब्लेट र स्पास्मो १ सय २८ ट्याब्लेटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१५ बस्ने ३० वर्षीय निश्चल लिम्बु र सोही उपमहानगरपालिका-८ बस्ने ३५ वर्षीय सुक्रराज तामाङ रहेका छन्। कास्कीको पोखरा महानगरपालिका-२ बाग्लुङ बसपार्कबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ९० ट्याब्लेट, नगद २ लाख ९३ हजार ९ सय ४० रूपैयाँ र मोबाइल ३ थानसहित सोही ठाउँ डेरा गरी बस्ने ललितपुर घर भएका ४० वर्षीय सुनिल तुलाधारलाई प्रहरीले पक्राउ गरेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू