अन्नपूर्णको फेदीमा ७६औँ आरोहण दिवस
▸ यस स्टोरीको अंश: अन्नपूर्ण हिमालको फेदीमा ७६औँ आरोहण दिवस मनाइँदै, दौड र सांस्कृतिक कार्यक्रम आयोजना
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा आगामी हप्ता ७६औँ आरोहण दिवस मनाइने भएको छ । अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर रहेको नारच्याङमा दौड प्रतियोगिता, पदयात्रा र सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ । जेठ १७ गतेदेखि सुरु हुने कार्यक्रम २० गते समापन हुनेछ । सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको स्मरणमा यो दिवस मनाइन्छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›