निर्माण क्षेत्रको संकट समाधानमा सरकार सक्रिय, प्रतिवेदन प्रधानमन्त्री कार्यालय पुगेपछि निर्णय
▸ यस स्टोरीको अंश: निर्माण व्यवसायीको माग सम्बोधन गर्न सरकार सक्रिय, मूल्य समायोजनको तयारी
सरकारले आन्दोलनमा उत्रिएका निर्माण व्यवसायीहरूको माग सम्बोधन गर्ने तयारी गरेको छ । पश्चिम एशियामा जारी युद्धका कारण इन्धन र निर्माण सामग्रीहरूको मूल्यमा अस्वाभाविक वृद्धि भएपछि काम गर्न नसकिने भन्दै निर्माण व्यवसायीहरू आन्दोलित भएका छन् । एकातिर मूल्यवृद्धिको मार र अर्कोतिर सरकारले प्रहरी लगाएर धरपकड सुरु गरेपछि उत्पन्न तनावका बीच सरकारले ‘मूल्य समायोजन’ मार्फत समस्या सुल्झाउने गृहकार्य अघि बढाएको हो ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›