समायोजित मन्त्रालयहरूको अन्योल चिर्न कार्यदल गठन, सदस्यमा अर्थ, सामान्य र कानुन सचिव
▸ यस स्टोरीको अंश: सरकारद्वारा संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ पुर्याइयो
सरकारले समायोजित मन्त्रालयहरूको ओएनएम (कार्यालय तथा व्यवस्थापन सर्वेक्षण) को मार्गनिर्देशक सिद्धान्त बनाउन कार्यदल बनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा अर्थ सचिव घनश्याम उपाध्याय, भूमि व्यवस्था सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेल र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुंगाना सदस्य रहेको कार्यदल गठन गरिएको हो । सरकारले गत बैशाख ३० गते नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ राजपत्रमा प्रकाशित गरेको थियो, जसले बहाल रहेका २२ मन्त्रालयको संख्या घटाएर १८ मा झारेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›