हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा, ‘कर्तव्य पूरा गर्न सक्नुहुन्न भने मार्गप्रशस्त गर्दा राम्रो’
▸ यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीद्वारा प्रधानमन्त्री र मन्त्रीहरूको नियमित उपस्थितिको माग, प्लेकार्ड प्रदर्शन
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को राजीनामा मागेका छन् । उनले बिहीबार प्रतिनिधि सभाको बैठकमा संसद्प्रति जवाफदेही नभएको भन्दै प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । साम्पाङले प्रधानमन्त्रीले सांसदहरुले उठाएका प्रश्नमा सात दिनभित्र जवाफ दिनुपर्ने व्यवस्था संसद् नियमावलीमा रहेको तर आफूले १० दिन अघि सोधेको प्रश्नमा अहिलेसम्म जवाफ नपाएको भन्दै आफ्नो कर्तव्य पूरा नगर्ने अवस्थामा बालेनले राजीनामा दिनु राम्रो हुने बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित