फिर्के खोला क्षेत्रमा चल्यो पोखरा महानगरको डोजर
▸ यस स्टोरीको अंश: पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरमा बनेका संरचना हटाउन सुरु गर्यो
पोखरा महानगरपालिकाले फिर्के खोलाको क्षेत्राधिकार मिचेर बनाइएका अवैध संरचनाहरू भत्काउन सुरु गरेको छ । महानगरले दिएको ३५ दिने सार्वजनिक सूचनाको समयावधि सकिएपछि डोजर चलाएको हो । वर्षायाम सुरु भएसँगै बाढी र डुबानको जोखिम बढ्दै गएकाले खोलाको प्राकृतिक बहाव कायम राख्न र संरक्षण गर्न यो कदम चालिएको महानगरले जनाएको छ । फिर्के खोलाको मिचिएको जमिन फिर्ता ल्याउने अभियानको अनुगमन र नेतृत्व गर्न पोखरा महानगरका प्रमुख धनराज आचार्य स्वयं फिल्डमा खटिएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित