चितवनमा जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु
▸ यस स्टोरीको अंश: चितवनमा जंगली च्याउ खाँदा तीन चेपाङ बालबालिकाको मृत्यु
चितवनमा जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । इच्छाकामना गाउँपालिका–१ कुलबाङगका ९ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङको मृत्यु भएको हो । वैशाख २९ गते श्यामबहादुर चेपाङको पाँच जना परिवारले जङ्गली च्याउ खाएका थिए । जसमध्ये तीन जना जेठ १ गते बिरामी परी उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›