स्वास्थ्य शिविरमा ४६० जनाको स्वास्थ्य परीक्षण
▸ यस स्टोरीको अंश: प्रजनन स्वास्थ्य अधिकार कार्यान्वयनमा कानुनी र प्रशासनिक अड्चन हटाउन सरोकारवालाको जोड
नेपालगन्जमा शनिवार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा निशुल्क स्वास्थ्य परीक्षण, रगत जाँच, आँखा परीक्षण र औषधी वितरणसँगै रक्तदानमार्फत रगत सङ्कलन समेत गरिएको छ । लाइफ लाइन जनरल हस्पिटल प्रालि नेपालगन्ज र परिवर्तन समूहको संयुक्त आयोजनामा सर्खेतरोडस्थित गुरुद्वारामा सञ्चालन गरिएको सो निशुल्क स्वास्थ्य शिविरमा ४६० जना स्थानीय बासिन्दाको विशेषज्ञ चिकित्सकद्वारा निशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै औषधी समेत वितरण गरिएको शिविरका संयोजक दन्त चिकित्सक डा। प्रतिक श्रेष्ठले जानकारी दिनुभयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›