मुस्लिम धर्मावलम्बीले आज बकर इद पर्व विविध कार्यक्रम गरी मनाउँदै

यस स्टोरीको अंश: बकर इद पर्व देशभर हर्षोल्लासका साथ मनाइयो, चार दिनको सार्वजनिक बिदा
www.imagekhabar.com · 21 घण्टा अघि

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) बिहीबार देशभरका मस्जिदमा विविध कार्यक्रम गरी मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७९औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । यस अवसरमा दरबारमार्गमा रहेको नेपाली जामे मस्जिद, काश्मिरी मस्जिद लगायत देशैभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लागेको छ । हिजरी सम्वत अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो । बकर इदको अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू