बकर इद पर्व र गणतन्त्र दिवसले चार दिनको सार्वजनिक बिदा
इस्लाम धर्मावलम्बीको पर्व बकर इद (इद-उल-अज्हा) र गणतन्त्र दिवसका अवसरमा जेठ १४ गते बिहीबारदेखि लगातार चार दिन सार्वजनिक बिदा परेको छ। गृह मन्त्रालयले बकर इदको अवसरमा जेठ १४ गते बिदा दिने निर्णय गरेको थियो। यससँगै जेठ १५ गते गणतन्त्र दिवस, जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार साप्ताहिक बिदा परेकाले यो साता चार दिनको बिदा भएको हो।
6 समाचार
·
16 घण्टा अघि
प्रदेश अस्पताल सुर्खेतले सार्वजनिक बिदामा पनि ओपीडी सेवा सञ्चालन गर्ने
प्रदेश अस्पताल सुर्खेतले सार्वजनिक बिदाका दिनमा पनि ओपीडी सेवा सञ्चालन गर्ने भएको छ। नेपाल सरकार गृह मन्त्रालयको राजपत्रमा प्रकाशित सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्थाअनुसार यो निर्णय गरिएको हो। कर्णालीको भौगोलिक विकटताका कारण टाढाबाट आउने बिरामीलाई सहज होस् भन्ने उद्देश्यले अस्पतालले यस्तो निर्णय लिएको छ।
3 समाचार
·
1 दिन अघि
प्रधानमन्त्रीले गणतन्त्र दिवस समारोहमा सम्बोधन नगर्ने, राष्ट्रपतिको नाममा सिफारिस
प्रधानमन्त्री बालेन्द्र शाहले यस वर्षको गणतन्त्र दिवस मूल समारोहमा सम्बोधन नगर्ने भएका छन्। यसका लागि प्रधानमन्त्री कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गर्न आग्रह गर्दै राष्ट्रपति कार्यालयमा पत्राचार गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार गणतन्त्रको प्रतीक राष्ट्रपतिको हैसियतले उहाँले नै समारोहलाई सम्बोधन गर्नुपर्ने तर्क पत्रमा गरिएको छ।
16 समाचार
·
1 दिन अघि