खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन
▸ यस स्टोरीको अंश: सरकारले खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गर्यो, रंगशाला निर्माण र खेलाडीलाई आजीवन स्वास्थ्य उपचारको घोषणा
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै खेलकुद पूर्वाधार विकास, खेलाडी प्रोत्साहन तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् । सरकारले अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने नेपाली खेलाडीलाई अवकाशपछि सम्मानजनक जीवनयापन सुनिश्चित गर्न आजीवन स्वास्थ्य उपचारको व्यवस्था गर्ने घोषणा पनि गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित