पार्टी नेतृत्वबारे उठाइएका टिप्पणीप्रति एमाले सचिव बस्नेतको आपत्ति
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा माग, उपाध्यक्षहरू र महासचिव पोखरेलसहितका नेताहरूले नेतृत्व हस्तान्तरणको आग्रह गरे
नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था संवेदनशील रहेको समयमा नेतृत्व परिवर्तनबारे सार्वजनिक रूपमा चर्चा गरिएकोप्रति आपत्ति जनाएका छन् । उनले यस्तो अभिव्यक्तिलाई गैर जिम्मेवार मात्र नभई आपत्तिजनक मानसिकता भएको टिप्पणी गरेका छन् । बस्नेतले एमाले सचिवालय बैठकमा २४ बुँदे धारणा प्रस्तुत गरेको उल्लेख गर्दै तीमध्ये केही विषयलाई लिएर गलत व्याख्या र प्रचार गरिएको दाबी गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित