एमालेभित्र ओलीविरुद्ध असन्तुष्टि विस्फोट, राजीनामाको दबाब
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा माग, उपाध्यक्षहरू र महासचिव पोखरेलसहितका नेताहरूले नेतृत्व हस्तान्तरणको आग्रह गरे
फागुन २१ को निर्वाचनपछि लगातार कमजोर बन्दै गएको नेपाल कम्युनिस्ट पार्टी (एमाले) अहिले गम्भीर आन्तरिक शक्ति संघर्षको भुमरीमा फसेको संकेत देखिन थालेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली, निर्णय प्रक्रिया र कार्यविभाजनप्रति असन्तुष्टि चुलिँदै जाँदा सचिवालय बैठकमै नेतृत्वविरुद्ध खुलेआम प्रश्न उठ्न थालेका छन् । भक्तपुरको गुण्डुस्थित ओली निवासमा जारी सचिवालय बैठकले एमालेभित्र सतहमा नदेखिएको असन्तुष्टि अब खुला बहसमा रूपान्तरित भएको संकेत दिएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›