बेलायती मन्त्रीले भेटिन् शिक्षामन्त्री पोखरेल
▸ यस स्टोरीको अंश: शिक्षामन्त्री पोखरेल र बेलायती मन्त्री मल्होत्राबीच शिक्षा र खेलकुद क्षेत्रमा सहकार्यबारे छलफल
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपाल भ्रमणमा रहनुभएकी बेलायती मन्त्री सीमा मल्होत्राबीच शुक्रबार भेटवार्ता भएको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको भेटमा नेपाल र बेलायतबीचको लामो समयदेखिको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउँदै शिक्षा तथा खेलकुद क्षेत्रमा रणनीतिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटका क्रममा शिक्षा क्षेत्रको विकासका लागि सञ्चालन भइरहेका साझेदारी कार्यक्रम तथा आगामी सहकार्यका सम्भावनाबारे विचार आदानप्रदान भएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित