उदयपुरमा बसबाट खसेर सहचालकको मृत्यु

यस स्टोरीको अंश: उदयपुरमा गुडिरहेको स्कुल बसबाट खसेर सहचालक उत्तम थापाको मृत्यु
baahrakhari.com · 2 दिन अघि

उदयपुरको कटारी नगरपालिका-२ मा बसबाट खसेर सहचालकको मृत्यु भएको छ । गिद्वबरबाट बेलसोततर्फ जाँदै गरेको लु.प्र.०१-००१ ख ०९८५ नम्बरको बसबाट खसेर बसका सहचालक सोही नगरपालिका-२ खोक्सा बस्ने ३१ वर्षीय उत्तम थापाको सोमबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू