गीत : अजम्बरी प्रीत गाँस्दै

यस स्टोरीको अंश: नवौँ राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२६ को मनोनयन सार्वजनिक
sahityapost.com · 1 हप्ता अघि

रूपको तारिफ के गरुँ लाग्छ परीसँगै छु बतासको बेगसँगै लाग्छ आफैँ बग्दै छु हो… हेर न यो गोधुली साँझ गीत गाउँदै छ मायाको हो… सुन मीठो धुनमा हराउने प्रीत इन्द्रेणी रङ्गको झरनाको सुन्दरतामा हामी दुई साक्षी राख्दै युगौँयुग नछुटिने अजम्बरी प्रीत गाँस्दै । तिम्रो सिउँदो रङ्गाउने जुनीसँगै बिताउने मायाको फूलबारीमा हामी दुवै हराउने हो… सुन्दर घर अनि आफ्नै संसार बनाऊँ हो… मीठो सपनाको घरमा आफैँलाई लुकाऊँ झरनाको सुन्दरतालाई हामी दुई साक्षी राख्दै युगौँयुग नछुटिने अजम्बरी प्रीत गाँस्दै । बिहानीको सूर्य किरण मनको चञ्चल बढाउने हरपल याद साथ हुन्छ मुटुभित्र सधैँ हराउने हो… फूल राम्रो फूलको बास्ना मीठो लाग्छ हो… सपनीमा पनि तिमी आफ्नो जस्तो लाग्छ झरनाको सुन्दरतालाई हामी दुई साक्षी राख्दै युगौँयुग नछुटिने अजम्बरी प्रीत गाँस्दै ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू